Thursday, October 7, 2010

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ।  आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिकाको साइत भने असोज ३१ आइतबार बिहान १०:४३ बजे उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ।
घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ ।
दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम्परा र रितिस्थिति अनुसार दशैँ सबैले आ-आफ्नै रुपमा मनाउने गर्छन् ।
आज राखिएको जमरालाई १० दिनपछि देवीको प्रसाद को रुपमा मान्यजनबाट लगाउने गरिन्छ । अँध्यारो ठाउँमा, सूर्य को प्रकाश नछिर्ने गरि उमारिएको जमरा हेर्दैमा मनमोहक लाग्छ । धार्मिक रुपमा मात्र नभइ वैज्ञानिक दृष्टिकोण बाट पनि जमरालाई राम्रो मानिन्छ ।

Auspicious Day For DV 2012 .

Today October 7, DV 2012 application form is already available in the internet for people to apply for the DV2012 visa lottery program.
The visa lottery program was started on 5 th October and will close on  November 3. Astrology can help to find out Auspicious Day  for Apply.
Here are list of lucky days According Moon Sign ( Rashi)
Rashi -- Lucky Days
Mesh -- 09 18 27
Brish -- 06 15 24
Mithun -- 05 14 23
Karkat -- 02 11 20 29
Simha -- 01 10 19 28
Kanya -- 06 15 24
Tula -- 05 14 23
Virischik -- 02 11 20 29
Dhanu -- 04 13 22 31
Makar -- 05 14 23
Kumbha -- 01 10 19 28
Meen -- 07 16 25

Monday, October 4, 2010

२०६७ साल दसैंको टीकाको साइत

काठमाडौं, असोज १८(ज्योतिर्विज्ञान मञ्च) यस वर्ष दसैंको टीकाको साइत असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ।
 नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २२ गते शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, २६ गते मंगलबार पचली भैरवयात्रा र २८ गते बिहीबार फूलपाती एवं बिहान ११:३० बजे तुलजा भवानी यात्राको साइत परेको छ।
यसैगरी, असोज २९ गते शुक्रबार महाअष्टमी एवं कालरात्रि, ३० गते शनिबार महानवमी, ३१ गते आइतबार र खड्गयात्रासहित ११:०५ बजे भवानीको यात्राको साइत छ।
समितिले कात्तिक १ गते सोमबार अन्नपूर्ण यात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको गृह मन्त्रालयले पत्रमार्फत जानकारी गराएको छ

Google Search