Saturday, September 11, 2010

आज हरितालिका तीज पर्व

आज भाद्र २६ २०६७, शनिबार नेपाली नारीहरुको बिशेष पर्व आर्थात हरितालिका तीज। हरित (हरण गरिएकी)+आलिका-शखीद्वारा) अर्थात् शखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्रीमहादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ ।
हरितालिका तीज व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
उपराष्ट्रपति परमानन्द झाले नेपाली महिला दिदीबहिनीले हर्षोल्लासका साथ मनाउने महान पर्व हरितालिका तीजको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
तीजमा महिलाहरु रातो पहिरनमा राम्रो राम्रो श्रीड्गार गर्ने, नयाँ नयाँ कपडा लगाउने, टाढा टाढा रहेका चेलीबेटी लिनजाने चलन र सबै जम्मा भई रमाईलो गरेर मनाउने चलन छ । बिषेश गरी बिबाहित महिलाहरुमा लोकपिय रहेपनि अबिवाहीत महिलाहरुले पनि मनाउने गरेको पाईन्छ ।तीन दिनको यस पर्बमा पहिलो दिन दर खाने गरीन्छ । दर खाने भन्नाले आ-अफ्नो माईतिमा जम्मा भएका चेलीबेटीले राति अवेर सम्म विभिन्न मिठा मिठा खानेकुरा खाने, नाच गान गर्ने चलन छ । अनि दोस्रो दिन उपवास बसी आफ्नो नजिकको शिवालय वा मन्दिरमा जम्मा भई पूजा-आजा गर्ने संगी साथी मिली नाच-गान गर्ने र दिन भरी नै भोकै बस्ने चलन छ । अन्तिम ऋषि पन्चमीको दिन बिहानै नजिकको खोला तलाउमा बिभिन्न जडीबुटी प्रयोग गरी बिषेश स्नान गर्ने र त्यसपछी नजीकको शिवालय वा पिपलको फेदमा जम्मा भई पुजा आजा गर्ने चलन छ ।
हिन्दु महिलाहरुको तीज पर्व एक पुर्ण वैज्ञानिक प्रकृया जस्तो देखिन्छ । जसमा नाच गान, घोच- पेच, उपवास, आफ्नो पतिको लागि निराहार व्रत देखि बिषेश स्नान र पूजा-आजा पर्ने गर्दछ । एक बर्ष सम्म आफ्नो अवचेतनमा जम्मा भएका कुन्ठा र दमित भएका बिभिन्न भावनालाई गीत, नाच-गान र ब्यङ्ग्यको माध्यमबाट प्रकट गरि थोरै भएपनि तनाव वाट मुक्त हुने उपवास गरी श्रद्धा र आस्था प्रकट गर्ने बिषेश स्नान गरी शरीर शुद्ध र पूजा गरी आत्म शान्ति गर्ने जुन तिजको प्रकृया छ त्यो एकदम वैज्ञानिक र जिवन उपयोगी जस्तो देखिन्छ । आजको अति ब्यस्त र अति तनावपूर्ण जिवन गुजारिरहेका महिलाको लागि यो अति उपयोगी र अति आवश्यक देखिन्छ ।

Tuesday, September 7, 2010

5 enjoyable Feng Shui tips for sex.

There are many suggestions how to organize your surroundings according to feng shui and how to increase the romantic and sexual energy in your everyday life. But all these tips are only a passive part of improving your life. The basis lies in everyday actions that weaken your energy (like excessive watching of TV or computer use) or increase your energy (physical activity). Even the most effective feng shui tips will be useless if you don`t increase the sexual energy in your bedroom with actions. Here we are offering 5 feng shui tips to revive your sexual life and increase the sexual energy in your bedroom.
1. Yoga
Yoga can considerably improve the sexual life of individuals, especially women. This is not just a new age dogma, but a proven fact. The results of the research have been published at the University of Harvard and many other scientific magazines. The type of yoga practiced in the West, unites the body, the mind and the soul with different postures, moves, breathing and cleansing of the body, with the purpose to enliven the body and activate the energy paths. The increased flexibility of the mind and body results in a more open and relaxed approach to sexual creativity.
2.Ylang-ylang
The ylang-ylang tree has been used for production of natural oils with a strong scent for centuries. In the Philippines and Indonesia, it is traditionally used at weddings and honeymoons as an aphrodisiac. Ylang-ylang oil is the basic ingredient of many perfumes, even the most famous one: Chanel Nº 5. A drop of oil on the night stand every night before going to sleep will awaken your sexual desire.
3. Lotions and creams
Take some time for yourself every evening and spoil yourself with lotion and creams. Allow your partner to smear the cream all over your body. In this way you will start to pay more attention to your body and partner. When choosing a lotion or a cream you should be careful about the scent: organic products are recommendable, but you should avoid scents that are too sweet or too organic - the smell of doughnuts, tomatoes or carrots will not make you aroused.
4.Mirror, mirror
In the movie Saturday Night Fever, John Travolta has a small ritual which helps him to lift his confidence every night before he goes on the dance floor. You can also try something similar, because a ritual can prove to be very powerful. Mirrors are a welcome addition to the bedroom - they increase the sexual energy of the room during love-making, but during sleep the mirrors should be covered or turned in the opposite direction.
5. Sleep
If you don`t get enough sleep, your love life will also suffer. How can you make use of your sexual energy if your eyelids are closing down as soon as you lay your head on the pillow? The ancient Kama Sutra claims that afternoon sleep is very important before ``accepting a woman`` or, in other words, before sexual activity. If you can`t afford to do it during the week, then the weekend is a perfect time to fill you energy reserves.

पितृदेवो भवः

भोलि २०६७ साल भाद्र २  गते बुधवार, कुशे औंसी, घरघरमा पवित्र कुश भित्र्याएर मनाइन्छ । पुरोहित ब्राहृमणहरुले कुश काटेर मन्त्र गरी जजमानका घरमा पुर्‍याउने गर्दछन् ।  कुशे औंसीमा भित्र्याईएको कुश बर्षभरी पवित्र कार्यमा प्रयोग गरिन्छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
कुश समस्त पापलाई विनाश गरी मानवलाई पुण्यार्जन गर्न सहयोग पुर्‍याउने पवित्र तृण विशेष नै कुश हो । कुशलाई संस्कृतमा दर्भ, पवित्र, याज्ञिक, ह्रस्वगर्भ, यज्ञभूषण, दीर्घपत्र, क्षुरपत्र, त्रिदोषघ्न र शैत्यगुण विशिष्टगुणका रूपमा लिएको पाइन्छ । कुशको उत्पत्ति विषयमा भागवतमा एक यस्तो प्रसङ्ग आउँछ- यज्ञपुरुषले आˆनो शरीर फट्कार्दा कतिपय रौँहरू बर्हिष्मती नाम गरेको पुरीमा झरेका थिए । त्यसैबाट कुश उत्पन्न भएका हुन् भन्ने मानिन्छ ।
 भोलिको दिनलाई पिताको मुख हेर्ने दिनका रुपमा पनि मनाइन्छ । पिता पुत्रका लागि महान् तीर्थ हो । त्यसैले 
'पितृदेवो भवः' भनेर पितालाई देवतुल्य भनिएको छ । छोराछोरीहरुले आफ्ना पितालाई मीठोमीठो खानेकुरा खुवाउने गर्दछन् भने पिताले आशिर्वाद दिने चलन छ । पिता नहुनेहरुले तिर्थ, नदी वा तलाउमा गई पिताका नाउँमा तर्पण दिने गर्दछन् ।
कुशे औंसी नेपाली साहित्यका मुर्धन्य ब्यक्तित्व एवं युवा कवि मोतिराम भट्टको जन्मजयन्ती पनि हो ।

Google Search