Saturday, October 24, 2009

New Issue Of Astro-Science Forum


Friday, October 23, 2009

यौनसम्पर्कले मोटोपन घटाउने


|स्कटल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार यौनसम्पर्कले स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्‍याउँछ। यौनसम्पर्कको निरन्तरताले ब्लडप्रेसरलाई नर्मल राख्नुका साथै मानसिक तनावमा समेत कमी आउने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। दुई दर्जन महिला र त्यत्तिकै संख्याका पुरुषहरूमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार जो वयष्कहरूले नियमित रुपमा यौनसम्पर्क राख्छन्, उनीहरू तनावको सिकार हुनबाट बच्ने गर्दछन्। यौनसम्पर्कले मानिसको मोटोपन रोक्नुका साथै घटाउन पनि मद्दत पुर्‍याउँछ। आधा घण्टाको यौनसम्पर्कले ८५ क्यालरिज वर्न हुन्छ। अमेरिकन एसोसिएसन अफ सेक्सयुलिटी एजुकेसर्न एन्ड थेरेपिस्ट्सका सभापति पौरी ब्रिटनका मुताबिक सेक्सले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउँछ।
एक युरोलोजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको एक रिपोर्टमुताबिक सेक्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। रिपोर्टका अनुसार जो मानिस ३० वर्षभन्दा कम उमेरको छ, यौनसम्पर्कले भविष्यमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। जबकि, ३० वर्षभन्दा बढी उमेरका मानिसहरूले नियमित यौनसम्पर्क राख्दा प्रोस्टेट क्यान्सरको खतरा कम हुने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। अनुसन्धानकर्ताहरूको दाबीअनुसार यौनसम्पर्क नियमित गर्नाले निद्रा राम्रोसँग लाग्छ। राम्रो निद्रा लाग्यो भने ब्लडप्रेसरलाई समेत मेनटेन गर्न मद्दत पुग्ने गर्छ।

जन्म नक्षेत्रअनुसार यौन एवं दाम्पत्य जीवन


 आश्विनी:-  सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।
भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति  पत्नी भल संयमित यौन जीवन ।
कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन ।
रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन ।
मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।
आद्रा:- पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन । 
पर्ुनर्वसु- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण ।
पुस्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन ।
अश्लेषा:-महाकामी  क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण ।
मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन ।
पूर्व फाल्गुणी:-अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।
उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।
हस्ता:- परस्त्रीगामी, कल्हपूर्ण दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।
चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।
स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् ।
विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।
अनुराधा:- उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।
जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।
मूल:- हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।
पूर्वषाढा:-गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।
उत्तराषाढ:-रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।
श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।
धनिष्ठा:- परिवारमा क्रुरकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान ।

पूर्वभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।
उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् । 
रेवती- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।

Thursday, October 22, 2009

Chhath festival is Celebrating


The word 'Chhath' denotes the number 'six' and thus the festival begins on the sixth day of the Hindu month of 'Kartik' in the Hindu lunar calendar.Chhath is a major festival celebrated in the Terai region of Nepal. During the festival the women of the family fast for 36-hours.This year Chhath festival will begin on Thursday .
It is one of the holiest festivals for Tarai Region of Nepal and extends for four days.it is dedicated to the worship of the Sun God and therefore, is also known as ‘SuryaShashti’. Chhath is considered to be a means to thank the Sun for bestowing the bounties of life on earth, as also for fulfilling particular wishes.
There is a popular belief that all the desires of the devotees are always fulfilled during Chhath. Also, an element of fear is present among the devotees who dread the punishment for any misdeed during Chhath. The city remains safe and experiences peace during this time when criminals too prefer to be a part of the good.

छठपर्व सुरु

कार्तिक शुक्लपक्ष चतुर्थीदेखि सुरु हुने यो पर्वको तयारीका लागि ब्रतालुहरु एक साताअघि नै किनमेल गर्न हाट बजार गर्ने गर्छन्। यस वर्षको छठ पर्व विहिवार देखि आइतवारसम्म मनाइदैं छ।
नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्,जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।
छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्निपुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि धेरैजसो ठाउँमा यो पर्व मनाइन्छ ।

Wednesday, October 21, 2009

तन्त्र परिचय


तनादिगणपठित तुन धातुदेखि उणादि 'ष्ट्रन्' प्रत्यय गर्दा तन्त्र शब्द बन्दछ । यसको सामान्य अर्थ फैलावट हो । त्यसैले तन्त्रशास्त्रमा आफ्नो इष्टदेवीको विषयमा पूजा, पाठ, मन्त्र, न्यास, ध्यान पुरश्चरण आदिको विस्तृत विवरण पाइन्छ । तन्त्र भन्नाले सामान्य जनमानसमा जादु, टुना, झारफुक, मारण, मोहन, वशीकरण, स्तम्भन उच्चाटन, लाग, छोड आदिको बोध हुन्छ । कसै-कसैले त यसलाई वेदविरुद्ध, पञ्चमकारको प्रयोग गर्ने र अश्लील कर्ममा आधारित भनेर पूरै तन्त्रलाई नै निन्दा गर्दछन् तर तन्त्र शास्त्रको वास्तविक विषय उच्च छ, आदर्शमय छ , र नियमबद्ध छ । पूज्य गुरुको निर्देशनमा उपासना गर्दा षट्चक्र भेदन गरी स्वयं शिवमय बन्ने विधिको यो शास्त्रमा वर्ण्र्ााछ । सच्चा साधकको लागि त भोग र मोक्ष दुवै वस्तु दुई हातका लड्डु हुन् । त्यसैले शास्त्रमा भनिएको छ-'ओगश्च मोक्षश्च करस्थ एव' । सच्चा हृदयले भक्तिपूर्वक इष्टदेवीको उपासना गर्ने साधकका सामु वाक्य सिद्धि हुनु, स्वतः सांसारिक सुखभोगका साधन प्राप्त हुनु, शरीरबाट सुगन्ध निस्कनु, अष्टसिद्धि प्राप्त हुनु आदि त साधारण विषयमात्र हुन्, यस्ता सुख-भोगमा कुराहरू मोक्षमार्गका लागि भने बाधक नै हुन् । सच्चा तान्त्रिकका लागि यी तुच्छ कुरा हुन् । उसको उद्देश्य परम पद प्राप्त गरी शिवमय बन्नु हो ।
तन्त्रशास्त्रमा मुख्य आराध्या देवी दश मानिन्छन् । यिनलाई दश महाविद्या भनिन्छ । दक्षप्रजापतिको यज्ञमा हठात् जान लागेकी सतीदेवीलाई शिवजीले रोक्न खोज्नुभयो । त्यो समयमा शङ्करदेखि दश दिशाबाट उम्कन खोज्ने सतीदेवीको अवतार मानिएका दश देवी नै दश महाविद्या हुन् । दश महाविद्या भन्नाले १.काली २. तारा ३. षोडशी -(त्रिपुरसुन्दरी) ४. भुवनेश्वरी ५. छिन्नमस्ता ६. भैरवी (त्रिपुर भैरवी) ७. धूमावती ८. बंगलामुखी ९. मातङ्गी १०. कमला (लक्ष्मी) यी दश भगवतीलाई बुझिन्छ । यी भगवतीका १. महाकाल २. अक्षोभ्य ३. पञ्चवक्त्र शिव ४. त्र्यम्बक ५. कबन्ध ६. दक्षिणमूर्ति -(कालभैरव) ७. एकवक्त्र ८. महारुद्र ९. मतङ्ग १०. सदाशिव (विष्णु) यी पुरुषहरू हुन् । यी महाविद्याका आ-आफ्नै मन्त्र, पूजापद्धति, ध्यान, न्याय, स्तोत्र, पुरश्चरणहरू छन् ।
माथि उल्लेखित सबै भगवतीहरू नाम, रूप र कार्यका कारण भिन्दा-भिन्दै देखिए पनि आखिरमा परब्रह्मस्वरूपा भगवती भने एक नै छिन् । यी परब्रह्मस्वरूपा भगवती कहिले नवदर्ुगा, कहिले दश महाविद्या, कहिले अष्टमात्रिका बनेर लीला गर्दछिन्, त्यसैले सप्तशती -चण्डी) मा भनिएको छ-'एकैवाहं जगत्यत्र द्वितीया का ममापरा ।'

Tuesday, October 20, 2009

After 427 year Five Planets Combination


You can see the five planets with the naked eye return to October nights.After 427 year Five Planets are Transiting on Same line in sky.According Astrology this is most worst combination.This Planetary Combination may Harm Madhav Nepal's government.Some Domestic Violence in India and Again america has to suffer from financial crises Natural disaster in China and Pacific Asia.

Monday, October 19, 2009

तन्त्रशास्त्रमा क्रमदीक्षा

तन्त्रशास्त्रमा क्रमदीक्षाको अति महत्व छ । क्रमादीक्षाको क्रममा मन्त्रग्रहणलाई पर्ूवाधारको रूपमा स्वीकार गरिएको छ । मन्त्रग्रहण गर्दा वर्ग जुराउनु पर्छ । मन्त्र लिने र मन्त्रको वर्ग शत्रु पर्न गएमा त्यो मन्त्र जर्ुर्दैन।
वर्गचक्र
वर्ग            अक्षर
गरुड    अ, आ, इ ,इ, उ, ऊ, ऋ, ऋ,लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः   
बिरालो     क, ख, ग, घ, ङ,
सिंह    च, छ, ज, झ, ञ
कुकुर    ट, ठ, ड, ढ, ण
र्सप    त, थ, द, ध, न
मुसो     प, फ, ब, भ, म
मृग    य, र, ल, व
भेडो    श, ष, स, ह
(बाराही तन्त्र)
यसको उदाहरण-
अरूण नाम गरेको व्यक्तिले 'त' अक्षरबाट उठेको मन्त्र ग्रहण गर्दा 'अ' अक्षरको गरुड वर्ग र 'त' अक्षरको र्सप वर्ग  भएकोले र्सप र गरुडको सधैं शत्रुता भएकोले यो मन्त्र जर्ुर्दैन । 'अ' बाट नाम उठेको मन्त्र भने जर्ुछ । यसमा व्यवहारअनुसार पनि विचार गर्नुपर्छ । आफ्नो वर्गदेखि पाँचौं वैरी र चारौं मित्र हुन्छ ।

Sunday, October 18, 2009

पुर्बजन्मको पाप र पुण्य


ज्योतिष शास्त्रमा केवल यस जन्मको घटना मात्रै नभएर (पुर्बजन्मको -जन्मनु भन्दा अघिल्लो) फल पनि थाहा हुन्छ । पहिलाको जन्ममा उसले के कस्तो पाप या पुण्य गरेको थियो । त्यसको फल यस जन्ममा भोग्नु पर्ने ज्योतिष शास्त्र बनाउँछ । कुनै पनि व्यक्तिको पुर्बजन्मको स्थिति कस्तो थियो । उ कुन योनीमा जन्म लिएको थियो । उसले के कस्तो फल भोगेको थियो । यि सबैको विवरण महान् ज्योतिष ग्रन्थ भृगु संहितामा उल्लेख छ ।
भृगु संहिता अनुसार पुर्बजन्ममा भएका घटनाक्रमको जानकारीको लागि जन्म कुण्डलीमा स्थिति सबै ग्रहको शुभाशुभ स्थितीको विचार गर्नु पर्दछ । कुन ग्रह बलवान र कुन ग्रह निर्वल छ । कुन शुभ छ कुन पाप पीडित छ । ति सबैको जानकारी हुनु पर्दछ । जुन ग्रह अशुभ फलदायक बनिरहेको छ, त्यस ग्रहसँग सम्बन्धित विषयको बारेमा व्यक्तिले पुर्ब जन्ममा अशुभ कार्य गरेको हुनेछ र त्यसैको फल यस जुनीमा भोग्दछ । अब कसले पुर्बजन्ममा के कस्तो कार्य गरेको थियो त भन्ने बुझ्नलाई जन्म कुण्डलीको अष्टम भावको विचार गर्नु पर्दछ । जन्म कुण्डलीमा अष्टम भावलाई मृत्यु आयु रहस्यमय विषय पुर्बजन्म तथा दैविकृपाको भाव मानिन्छ । अतः अष्टम भावको ग्रहस्थिति अनुसार पुर्ब जन्मको पाप पुण्य यस प्रकार छ ः-
१.  यदि अष्टम भावमा कुनै पनि ग्रह निच राशिमा या पाप ग्रहको प्रभावमा पीडित भएको छ भने यस्ता व्यक्तिले निश्चय नै पुर्बजन्ममा पाप कर्म गरेको हुनेछ र वर्तमान जीवनमा त्यस ग्रहको पालोमा विभिन्न दुःख कष्ट र दण्ड भोग्दछ ।
२.  अब यदि अष्टम भावमा सुर्य निच या पाप पीडित भएर बसेको छ भने यस्ता व्यक्तिले पुर्ब जन्ममा राज्यको, सत्ताको एवं आफ्नो अधिकारको दुरूपयोग गरेर अनेकौं व्यक्तिलाई पीडित गरेको हुनेछ । त्यसैले यस्ता व्यक्तिलाई राज्यदण्ड लाग्नेछ ।
३.  यदि उक्त स्थितिमा चन्द्रमा छ भने व्यक्तिले पुर्ब जन्ममा आफ्नो आमा सानीमा, काकी या मातातुल्य स्त्रीलाई सताएको दुःख दिएको हुनेछ । त्यसैले यस जुनीमा उसले मातृसुख पाउँदैन ।
४.  यदि मंगल निच वा पाप पीडित भएर अष्टम भावमा जन्म कुण्डलीमा छ भने व्यक्तिले पुर्बजन्ममा आफ्नो शारिरीक बललाई प्रयोग गरेर मारपिट खुन खराब मच्चाएको हुनेछ । अंगभंग पनि गरिदिएको हुनेछ । त्यसैले वर्तमान जन्ममा यस्ता व्यक्तिको अंगभंग हुन जानेछ । बारम्बारदुर्घटनाको शिकार बन्नेछ ।
५.   यदि बुध छ भने पुर्ब जन्ममा आफ्नो कुटील बुद्धिको कारणले अनेकौंसँग धोका गरि उनीहरूबाट नाजायज फाइदा उठाएको हुनेछ । जसले गर्दा वर्तमान जन्ममा उसको ज्ञानले भाग्यलाई साथ दिदैन ।
६.    यदि गुरु अष्टम भावमा निच या निर्वल छ भने पुर्बजन्ममा व्यक्तिले आफ्नो कर्तव्य एवं दायित्वबाट बिमुख भएर चरित्रहीनताले जीवन व्यतित गरेको हुनेछ । माता पिता एवं गुरुजनलाई सताएको हुनेछ ।
७.  यदि शुक्र छ भने पुर्ब जन्ममा आफ्नो पत्नी या प्रेमिकामाथि अत्याचार गरेको घरमा स्त्री या प्रेमिका हुँदाहुँदै भनेकौं स्त्रीसँग व्यभिचार गरेको हुनेछ । जसको फल वर्तमान जीवनमा पत्नी सुख कम मिल्नेछ या स्त्रीको पीडा सहनु पर्नेछ ।
८.  यदि शनी अष्टम भावमा निच या पाप स्थितिमा छ भने यस्ता व्यक्तिले पुर्बजन्ममा सेवक एवं मजदुरमाथि अत्याचार गरेको उनीहरूलाई पीडा दिएको हुनेछ भन्ने बुझ्नु पर्दछ ।
९.  यदि राहु/केतु उक्त स्थितिमा छ भने पुर्बजन्ममा आचरण भ्रष्ट बदमास थियो भन्ने बुज्नुपर्दछ ।
यो त भयो पुर्बजन्मको हाल अब पुनर्जन्म आगामी जन्म कस्तो हुनेछ भन्ने थाहा पाउन द्वादश भावलाई विचार गर्नुपर्दछ । द्वादश भावमा कुनै ग्रह निच या पाप स्थितिमा छ भने उसको आगामी जन्ममा विभिन्न पाप कार्यहरू गर्दछ ।
यदि द्वादश भावमा केतु शुभ प्रभावमा छ भने व्यक्तिले अर्को जन्ममा जन्मनु पदैन उसलाई मोक्ष मिल्लेछ । द्वादश केतुलाई मोक्षदायक मानिएको छ । द्वादशमा कुनै पनि ग्रह स्वराशि या उच्चमा छ भने उसको आगामी जन्म शुभ हुनेछ ।

Google Search